अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मञ्जु भण्डारीको विश्वास -आगामी स्थानीय चुनावमा धरानमा एमालेको विरासत फर्किन्छ

मञ्जु भण्डारीको विश्वास -आगामी स्थानीय चुनावमा धरानमा एमालेको विरासत फर्किन्छ


धरान -नेकपा एमालेका केन्द्रीय सदस्य एवै धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीले धरानमा एमालेको विरासत फर्काउने बताउनुभएको छ ।

नेकपा एमाले सुनसरी जिल्ला कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भण्डारीलाई एमालेले धरान उपमहानगरपालिकामा पुनः आफ्नो विरासत फिर्ता ल्याउने बताउनुभयो ।

एमालेबाट निर्वाचित मेयर तारा सुब्बाको निधन पछि भएको उपनिर्वाचनमा काँग्रेसका उम्मेदवार तिलक राई विजयी हुनु भएको छ । भण्डारीले प्राविधिक कारण एमाले पराजित हुँदा देशैभर चर्चा भएको स्पष्ट पार्नुभयो । उहाँको भनाइ थियो उपनिर्वाचनमा एमाले प्राविधिक कारणले पराजित भयो । तर अबको निर्वाचनमा त्यो विरासत फर्किनेछ ।

माओवादी लगायत विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गरेका कार्यकर्तालाई स्वागत गर्दै भण्डारलिे एमालेमा विजयको लहर देखिएको दाबी गर्नुभयो । कम्युनिस्ट पार्टी भनेको एमाले मात्र भएको प्रष्ट भएको भन्दै भण्डारीले धरान सहित एमालेले बहुमत पालिकामा विजय हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रियता र सामाजिक सुरक्षाको सवालमा एमालेको अडानले जनतामा आशा जगाएको उहाँले बताउनुभयो ।