काठमाडौं -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुखी नेपाली समृद्ध नेपालको नेतृत्व गर्ने पार्टी एमाले भएको बताउनुभएको छ ।
वषन्त पञ्चमीको अवसरमा एक सन्देश जारी गर्दै अध्यक्ष ओलीले सुखी नेपाली समृद्ध नेपाल देशको साझा आकांक्षा भएकोले त्यसलाई एमालेले गन्तव्य बनाएको उल्लेख गर्नुभएको छ । ‘समृद्ध नेपाल,सुखी नेपालीको हामी नेपालीको साझा राष्ट्रिय आकांक्षा हो र नेकपा एमालेले यसलाई गन्तव्य बनाएको छ ’अध्यक्ष ओलीको शुभकामना सन्देशमा भनिएको छ ‘यस उद्धेश्यलाई प्राप्त गर्न स्पष्ट दुरदृष्टी,तदनुसारका नीति र कार्यक्रमहरुलाई हामी अवरोध गर्न दिदैनौ ।’
अध्यक्ष ओली वषन्त पञ्चमीको ऐतिहासिक महत्वको पनि चर्चा गर्नुभएको छ । ‘यस दिनलाई बालबालिकाको अक्षर आरम्भ गर्ने दिनका रुपमा पनि चिनिन्छ’ अध्यक्ष ओलीले सन्देशमा भन्नुभएको छ ‘वेदाङ्ग ज्योतिषकाल देखि सनातन रुपमा मनाइदै आएको यस पर्वको सम्बन्ध प्राकृतिक विभाजनसँग पनि रहेको छ । ’
अध्यक्ष ओलीको सन्देशमा सरस्वतीलाई विद्याकी देवीको रुपमा पनि मानिएको उल्लेख छ । ‘सरस्वतीलाई विद्याकी देवीको रुपमा पुजा गर्ने हाम्रो प्राचिन ज्ञान शास्त्रीय परम्परा छ । जहाँ ज्ञानलाई प्रकाश मानिएको छ र प्रकाशको उपस्थितीले अन्धकार,भय र अज्ञानता हट्ने विस्वास गरिएको छ ’ ओलीको सन्देशमा लेखिएको छ







प्रतिक्रिया