अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश १ मा फुटाएका मन्त्रालयमा ७ जना मन्त्री थप्दै मुख्यमन्त्री राई

प्रदेश १ मा फुटाएका मन्त्रालयमा ७ जना मन्त्री थप्दै मुख्यमन्त्री राई


विराटनगर-प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आइतबार मन्त्रिपरिषद् विस्तार गर्दैछन्। मुख्यमन्त्रीमा नियुक्ति भएको तीन महिनापछि राईले मन्त्रालय थप गरी मन्त्रालय विस्तार गर्ने तयारी गर्नुभएको हो । नवनियुक्त मन्त्रीलाई बिहान ११ बजे शपथग्रहण गराउने कार्यक्रम तय भएको छ।

श्रोतका अनुसार आइतबार कांग्रेसबाट तीन, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबाट दुई दुई मन्त्री नियुक्त हुने भएका छन्। नेपाली कांग्रेसबाट शेखरचन्द्र थापा, ओमप्रकाश सरावगी र प्रतापप्रकाश हाङगाम, नेकपा माओवादी केन्द्रबाट झलकबहादुर मगर र रामकुमार राई, एकीकृत नेकपा समाजवादीबाट उपेन्द्रप्रसाद घिमिरे र खिनु लङवा लिम्बु मन्त्री हुने करिब निश्चित भएको छ।
उहाँहरूले सम्हाल्ने मन्त्रालय टुंगो लाग्न बाँकी रहेको श्रोतको भनाई छ। प्रदेश सरकारले ७ मन्त्रालयबाट बढाएर १२ पुर्‍याएको छ। अब कायम हुनेमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, वन, वातावरण तथा भूसंरक्षण मन्त्रालय, उद्योग, श्रम तथा रोजगार मन्त्रालय, पर्यटन तथा संस्कृति मन्त्रालय, भूमि, सहकारी तथा यातायात व्यवस्था मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालय रहेका छन्।