अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमसीसीमा प्रचण्ड रणनीति  : यता प्रतिवाद, उता प्रतिवद्धता

एमसीसीमा प्रचण्ड रणनीति  : यता प्रतिवाद, उता प्रतिवद्धता


काठमाडौं – बहुचर्चित एमसीसी सम्झौता नेपालको संसदबाट पारित गर्न आफूहरू सहमत भएको पत्र बाहिरिएपछि माओवादीका अध्यक्ष प्रचण्ड तनावमा हुनुहुन्छ । केपी ओली सरकारका पालामा कुनै पनि हालतमा एमसीसी पास गर्न हुँदैन भन्ने गरेका प्रचण्ड शेरबहादुर देउवालाई संशोधन गरेर पास गरौं भनेर कन्भिन्स गरिरहनुभएको छ । देउवालाई संशोधन गरेर पास गरौं भन्ने गरेका प्रचण्ड माओवादीका बैठक र आन्तरिक भेटघाटहरूमा भने एमसीसी कुनै हालतमा पास गर्नु हुँदैन भनेर वकालत गर्नुहुन्छ ।

….प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले संयुक्त रूपमा एमसीसी मुख्यालयमा पठाएको पत्रले प्रचण्डको एमसीसीको मुकुण्डो उघारिदिएको छ । एमसीसीका बारेमा तीन जीब्रे बयान गरेका प्रचण्डलाई अब आफ्नै कार्यकर्ताले कठघरामा उभ्याउने भएका छन् । पार्टीका कमिटी र कार्यकर्ताहरूलाई ‘नो एमसीसी’ भनेर उत्तेजित भाषण गर्ने र त्यसै अनुसार आम जनतामा सन्देश पु¥याउन सन्देश दिने प्रचण्डले देउवाको दायाँ किनाराको साक्षी बनेर फागुन १६ अर्थात फेब्रुअरी २८ तारिखसम्ममा एमसीसी पास गर्छौं भनेर अमेरिकासँग प्रतिवद्धता गर्नुभएको छ ।

प्रचण्डकै कार्यकर्ता र आम जनतासमेत प्रचण्डका अनेक जीब्रासँग अपरिचत छैनन् । तर एमसीसीका बारेमा देश, पार्टी, नेता, कार्यकर्ता र आम जनतालाई प्रचण्डले यस प्रकारको धोका देलान् भनेर कसैले सोचेका थिएनन् । एकथरीले प्रचण्डको यो शैलीलाई ‘उत्ता प्रतिवद्धता यता, प्रतिवाद’ को संज्ञा दिएका छन् । देउवा र प्रचण्डले २९ सेप्टेम्बर, २०२१ मा एमसीसी केन्द्रीय कार्यलयमा संयुक्त हस्ताक्षरमा दुई पाने पत्र लेखेर हागामी ४/५ महीना भित्र एमसीसी नेपालको संसदबाट पास गराउने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । त्यो पत्र आज सावर्जनिक भएपछि प्रचण्डको नियतको मुखुण्डो खोलिएको हो । ‘माओवादीलाई सत्ता गठबन्धन भन्दा देशको हित ठूलो हो त्यस कारण एमसीसी पास नगरौं बरू सत्ताबाट ओर्लौ भनेर नेता कार्यकर्ताहरूले सुझाएकै हुन्’ माओवादीका एक स्थायी कमिटी सदस्य भन्छन् ‘तर अध्यक्षले गोप्य रूपमा एमसीसी पास गर्ने सहमती गरिसक्नु भएको रहेछ । यसले हाम्रो शिर निहुरिएको छ ।’

यो पत्र बाहिरिएसँगै आजको कान्तिपुर दैनिकले एमसीसीकी उपाधक्ष्य फातिमा सुमारको अन्तर्वार्ता पनि छापेको छ । अन्तर्वार्तामा फातिमाले प्रधनमन्त्री देउवा र प्रचण्डको प्रतिवद्धता अनुसार  फागुन १६ गतेसम्ममा एमसीसी पास हुने विश्वास व्यक्त गर्नुभएको छ । यसैगरी अब यसलाई कुनै पनि हालतमा संसोधन गर्न नमिल्ने र फागुन १६ मा नेपालको संसदले यसलाई पास नगरे एमसीसी बोर्डले फिर्ता लैजाने चेतावनी फातिमाको छ ।

गोप्य भनिएको यो पत्र सावर्जनिक गर्न भएपछि देउवा र प्रचण्डमा विश्वासको संकट गहिरिएको छ । कोपनहेगन सम्मेलनबाट फर्किंदै गर्दा देउवाले त्रिभूवन अन्तर्राष्ट्रिय विमान स्थलमा नै पत्रकारहरूसँग नेपालले एमसीसी पास गर्न अमेरिकालाई पत्र पठाइसकेको बताउनुभएको थियो । तर त्यो पत्र सार्वजिनक हुन  लामो समय लागेको छ । पत्र सावर्जनिक भएपछि देउवा र प्रचण्ड एक अर्कालाई दोषारोपणको स्थितीमा पुगेका छन् । प्रचण्डको यो रणनीतिको आफ्नै पार्टीका नेता र कार्यकर्ताको तहबाट तिव्र विरोध भएको छ । माओवादीहरूले एमसीसीको काउछो सत्तालाई नै सुम्पेर फर्किन प्रचण्डलाई दबाब दिइरहेका छन् । तर अब प्रचण्ड अमेरिकासँग गरेको प्रतिवद्धतामा अडिन्छन् कि कार्यकर्तासँग गरेको प्रतिवादमा अडिन्छन् केही दिन भित्रै थाहा हुनेछ ।

. एमसीसीबाट प्राप्त स्पष्टीकरणबारे गठबन्धनका साझेदारहरु तथा हाम्रा पार्टीका सदस्यहरुबीच छलफल गराउनेछौं ।

. एमसीसी कार्यान्वयनका चुनौतीहरु र भ्रमहरु चिर्नका लागि नेपाल सरकारको साधन स्रोतबाट नेपाली जनतामा सन्देशहरु प्रवाह गर्नेछौं ।

. सत्तारुढ गठबन्धनमा रहेका दलका नेताहरुको संयुक्त पत्रकार सम्मेलन गरेर एमसीसीबारे सरकारको धारणामा सकरात्मक बल प्रदान गर्नेछौं ।

. सरकारी सञ्चारमाध्यमहरुबाट एमसीसीबारे सही सूचना प्रवाह गराउनेछौं ।

. एमसीसी सम्झौतालाई द्रूत कार्यान्वयन गर्न एमसीए नेपाललाई प्रोत्साहन गर्नेछौं ।

६. प्रतिनिधिसभाका सभामुखलाई एमसीसी सम्झौता संसदमा टेबल गर्न संयुक्त रुपमा आग्रह गर्नेछौं ।