अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चुनाव घोषणा र मूल्यवृद्धिको विरोधमा युवा संघले सिंहदरबारमा उडाए कालो बेलुन

चुनाव घोषणा र मूल्यवृद्धिको विरोधमा युवा संघले सिंहदरबारमा उडाए कालो बेलुन


काठमाडौं – नेकपा एमाले निकट युवा संघले आज स्थानीय तहको निर्वाचनको मिति घोषणा र पेट्रोलियम पदार्थको मुल्य वृद्धि फिर्ता गर्न माग गर्दै प्रदर्शन गरेका छन् ।

युवा संघले विरोधस्वरुप कालो बेलुन बोकेर सडकमा उत्रिएका छन्।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य लगातार बढाइरहेको सन्दर्भमा चौतर्फी विरोध भइरहेको छ। पछिल्लोपटक पेट्रोलको मुल्य गत साता प्रति लिटर ३ रुपैयाँ बढाइएको थियो। सरकारले स्थानीय तहको निर्वाचन जेठमा गर्ने तयारी गरे पनि औपचारिक निर्णय गरिसकेको छैन।

प्रदर्शनमा उत्रिएका केही युवा संघ कार्यकर्तालाई प्रहरीले पक्राउ पनि गरेको छ।