काठमाडौँ – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसीलाई अध्यक्ष प्रचण्डले हस्ताक्षर गरेर पठाएको पत्र माओवादीमा लागू नहुने बताउनुभयो ।
पूर्व परराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठले अध्यक्ष प्रचण्डले जे पत्र लेखेको भए पनि माओवादीको अडान तलमाथि नहुने बताउनु भएको छ ।
श्रेष्ठ भन्नुहुन्छ, ‘प्रधानमन्त्री शेरबहादुर देउवा र अध्यक्ष प्रचण्डद्वारा एमसीसी अमेरिकालाई पठाइएको भनी सार्वजनिक गरिएको पत्रका कारणबाट एमसीसी कम्प्याक्टका बारेमा हाम्रो पार्टीको दृष्टिकोण र अडानप्रति कुनै द्विविधा र भ्रममा नपर्न आम पार्टी पंक्ति र सबैमा अनुरोध छ। पार्टी दृढ छ, यथास्थितिमा यो संझौता स्वीकार गर्न र संसदीय अनुमोदन प्रक्रियामा कुनै पनि हालतमा अघि बढाउन मिल्दैन, सकिदैन ।’








प्रतिक्रिया