काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले शीर्ष नेताहरुको बैठकमा नबोलाएकोमा असन्तुष्टि जनाउनुभएको छ ।
नेपालले आफू निकटका नेताहरुसँग कोटेश्वरमा भएको भेटमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेको माग सम्बोधन गरेकोमा असन्तुष्टि जनाउनुभएको हो । एमालेले माधव नेपाल सहभागी बैठकमा आफ्नो पार्टीले औपचारिक सहभागिता नजनाउने बताउँदै आएको छ ।
नेकपा एकीकृत समाजवादी का उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले बैठकबारे जानकारीसम्म पनि नदिनु दुखद भएको बताउनुभयो ।
आइतबार नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा बैठक भएको थियो । बैठकबारे एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई जानकारी गराइएको थिएन ।







प्रतिक्रिया