काठमाडौं– नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले वैदेशिक शक्तिलाई आन्तरिक राजनीतिमा जोड्न नमिल्ने बताउनुभएको छ ।
एमसीसीमा सत्तापक्षबाट भित्रभित्रै भएका गतिविधि सार्वजनिक भएपछि भट्टराईको प्रतिक्रिया आएको हो । ‘हाम्रो मुलुकको भौगोलिक अवस्थितिको महत्व हिजो भन्दा आज बढेको छ । शक्ति राष्ट्रहरूका बीचको प्रभाव बिस्तार र स्वार्थ रक्षार्थ गरिने प्रतिस्पर्धा हाम्रो मुलुकमा पनि बढेको छ,’ भट्टराईले फेसबुकमा लेख्नुभएको छ, ‘आगामी दिनमा यो अझ बढ्दै जाने छ । यस अवस्थामा बाह्य मुलुकहरूको आग्रह वा स्वार्थमा देश भित्रका शक्तिहरू विभाजित हुने छुट कम से कम आफूलाई देशभक्त हुँ भन्ने व्यक्ति या शक्तिलाई छैन । हामी इतिहासको गम्भीर र संवेदनशील मोडमा छौं । राष्ट्रिय राजनीतिमा प्रतिस्पर्धा हुन्छ, गरौं । तर वैदेशिक शक्तिसँग आन्तरिक राजनीतिलाई जोडेर क्षणिक फाइदामा नरमाऔं । यो विषय आज हरेक देशभक्त नेपालीले मनन गर्नुपर्ने भएको छ ।’







प्रतिक्रिया