काठमाडौं – नेकपा एमालेनिकट नेपाल खेलकुद महासंघको संयोजकमा पर्शुराम बस्नेत चयन हुनुभएको छ ।
राष्ट्रिय युवा संघ नेपालका पूर्वउपाध्यक्ष समेत रहेका बस्नेत आइतबार सम्पन्न पदाधिकारी बैठकबाट खेलकुद महासंघको संयोजकमा चयन हुनुभएको हो ।
एमाले स्थायी कमिटी सदस्य तथा जनवर्गीय संगठन संयोजन संयन्त्रका इन्चार्ज भानुभक्त ढकाल, खेलकुद महासंघका इन्चार्ज गोकुल बास्कोटा, रचना खड्कालगायतका नेताहरुको उपस्थितिमा सम्पन्न बैठकले १९९ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको छ ।






प्रतिक्रिया