अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री देउवा र प्रचण्डले एमसीसीलाई पत्र लेख्नु गैर जिम्मेवार कार्य : भीम रावल

प्रधानमन्त्री देउवा र प्रचण्डले एमसीसीलाई पत्र लेख्नु गैर जिम्मेवार कार्य : भीम रावल

प्रधानमन्त्री देउवा र प्रचण्डमाथि तत्काल छानबिन गरेर कारबाही गर्नुपर्छ


काठमाडौं – नेकपा एमालेका नेता भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेसनलाई पत्र लेख्ने प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि तत्काल छानबिन गरेर कारबाही गर्न माग गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आज बसेको बैठकमा नेता रावलले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदनका लागि प्रधानमन्त्री देउवा र प्रचण्डले पत्र लेख्नु आपत्तिजनक भएको बताउनु भयो ।  ‘प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रूपमा लेखेको पत्र हो । यो अन्तर्राष्ट्रिय सम्बन्ध समितिको विषय बन्नुपर्छ ।एमसीसी सम्झौताको सम्बन्धमा नेपाली जनतालाई जानकारी गराउनका लागि सरकारी स्रोत उपयोग गर्नेछौं भनेर लेखेपछि नेपालको कूटनीतिक सम्बन्ध कता गयो । कूटनीतिमा यस्ता गतिविधिले राष्ट्रको स्वाभिमान झुक्ने काम भएको छ। अरु देशमा भए छानबिन मात्रै होइन‚ दण्डित हुन्थ्यो ।’

नेता रावल भन्नुहुन्छ, ‘प्रतिनिधिसभामा प्रस्तुत गरिएको एमसीसी सम्झौताबारे अनुमोदनका लागि विचाराधीन छ । प्रतिनिधिसभामा विचाराधीन सम्झौता यस्तो गर्नेछौं, उस्तो गर्नेछौं भनेर पत्र लेख्ने अधिकार कुनै व्यक्तिलाई छैन ? त्ययसैले यसमाथि छानबिन भएर कारबाही हुनुपर्छ ।’