काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
आज बसको बैठकले स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न सक्ने अडकलबाजी गरिएको छ । तर यसबारे अझै अन्योल कायमै छ ।
निर्वाचन आयोगले जेठ ४ गते निर्वाचनको मिति सिफारिस गरेको थियो । स्रोतका अनुसार मन्त्रिपरिषद् बैठकमा वैशाख ३० र जेठ ४ को मिति प्रस्ताव गरिएको छ।







प्रतिक्रिया