अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्वाचित पदाधिकारीलाई जेठ ४ भित्रै शपथ गराउन वैशाख ३० मा निर्वाचन

निर्वाचित पदाधिकारीलाई जेठ ४ भित्रै शपथ गराउन वैशाख ३० मा निर्वाचन


काठमाडौं – सरकारले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते गर्ने घोषणा गरेको छ ।

आज प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन २०७९ वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् अघि सरकारले निर्वाचन आयोगसँग परामर्श गरेको थियो । निर्वाचन आयोगकै सुझावअनुसार नै मिति घोषणा भएको प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले जानकारी दिनुभयो ।

आयुक्त थपलिया भन्नुहुन्छ, ‘निर्वाचित पदाधिकारीलाई सपथग्रहण गराउन सात दिनको समय चाहिन्छ भन्ने हाम्रो सुझाव थियो । तपाईंहरुकै सुझावअनुसार गर्दा के हुन्छ भनेर सोधिएको थियो । ९३ दिन बाँकी रहन्छ हामी गर्न सक्छौं भन्यौं ।’

स्थानीय तह निर्वाचन ऐनअनुसार हाल कायम रहेका स्थानीय जनप्रतिनिधिको म्याद जेठ ५ गते सकिँदै छ । यसअघि सरकार र आयोगबीच जेठ ४ मा निर्वाचन गर्ने सहमति जुटेको थियो । तर, त्यसअगावै निर्वाचनको मिति घोषणा भएको हो ।

निर्वाचन मिति घोषणा भएसँगै आयोगले काम थाल्ने थपलियाले बताउनुभयो । वैशाख ३० मा निर्वाचन गराउन आयोग तयार रहेको उहाँले बताउनुभयो ।