अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्थानीय चुनावका लागि निर्वाचन आयोगले थाल्यो तयारी

स्थानीय चुनावका लागि निर्वाचन आयोगले थाल्यो तयारी


काठमाडौं – सरकारले स्थानीय तहको निर्वाचन वैशाख ३० गते घोषणा गरेपछि निर्वाचन आयोगले तयारी थालेको छ।

सरकारले आगामी बैशाख ३० गते सम्पन्न गर्ने गरी चुनावको मिति घोषणा गरेकै दिन आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत आवश्यक पर्ने भवन, सवारी साधन तथा फर्चिरसहितका साधनको स्थानीय तहसँग विवरणका लागि पत्राचार गरेको हो ।

स्थानीय तह तथा जिल्ला समन्वय समितिको निर्वाचनको सञ्चालन तथा व्यवस्थापन गर्ने प्रयोजनका लागि करिब दुई महिना अवधिका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना र सञ्चालन गर्न ७५३ वटै स्थानीय तहलाई पछि फरक नपर्ने गरी तयार गर्न लगाई उक्त विवरण एकीकृत गरी २०७८ माघ मसान्तभित्र अनिवार्य रुपमा उपलब्ध गराउन आयोगले अनुरोध गरेको छ ।  

त्यस्तै मुख्य निर्वाचन अधिकृत/निर्वाचन अधिकृतको कार्यालय स्थापना भएपछि कार्यालय सञ्चालनका लागि सम्बन्धित स्थानीय तहबाटै कम्तीमा १/१ थान चालु अवस्थाको डेस्कटप कम्प्यूटर, ल्यापटप, स्क्यानर र प्रिन्टर उपलब्ध हुने गरी व्यवस्थापन गरिदिन सबै स्थानीय तहहरुलाई त्यहाँबाटै पत्राचार हुन समेत अनुरोध गरिएको छ’, प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।

निर्वाचन आयोगको विज्ञप्ति :