काठमाडौं – नेकपा एमाले निकट युवा संघ नेपालले सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेकोमा स्वागत गरेको छ । मन्त्रिपरिषदको आज बसेको बैठकले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० मा गर्ने निर्णय गरेको थियो ।
युवासंघले विज्ञप्ति जारी गरेर आफ्नो मुख्य मुद्दा सम्बोधन भएता पनि अन्य माग भने यथावत रहेको बताएको छ ।
‘युवा आन्दोलनले सार्थकता पाएको छ,’ अध्यक्ष किरण पौडेलले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो एक मुख्य मुद्धाको सम्बोधन भएको छ। २०७९ वैशाख ३० गते स्थानीय निर्वाचन घोषणा भएसँगै मातहत सम्पूर्ण कमिटीहरुलाई अबका हरेक कार्यक्रम, अभियानहरुलाई निर्वाचन केन्द्रित गर्न/गराउन राष्ट्रिय युवा संघ नेपाल निर्देशन गर्दछ। यस सम्बन्धी विशेष भेला तथा कार्यक्रमहरु केन्द्रिय स्तरबाट समेत आयोजना गरिनेछ । स्थानीय निर्वाचनमा नेकपा एमालेलाई पहिलो पार्टी बनाउने हाम्रो अभियान जारी छ ।’
तर युवा संघले मूल्यवृद्धि खारेज गर्नुपर्ने, हिंसात्मक अभिव्यक्ति दिनुभएको मन्त्री रेणु यादवलाई बर्खास्त गर्नुपर्ने, स्वास्थ्य मन्त्रीलाई कारबाही गर्नुपर्ने लगायतका माग भने यथावत रहेको बताएको छ ।







प्रतिक्रिया