अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको निरन्तरको खबरदारीले सरकारले चुनावको घोषणा गर्यो : ढकाल

एमालेको निरन्तरको खबरदारीले सरकारले चुनावको घोषणा गर्यो : ढकाल

एमाले प्रवेशको लहर निरन्तर,बराहतालबाट काँग्रेस माअ‍ोवादी त्यागेर ५० जना एमालेमा


सुर्खेत -नेकपा एमालेका केन्द्रीय सदस्य एवं सुर्खेत जिल्ला सहइन्चार्ज मोहनमाया ढकालले एमालेको निरन्तरको खबरदारीले सरकार स्थानीय तहको चुनाव घोषणा गर्न बाध्य भएको बताउनुभएको छ ।
आज बारहताल एमाले गाउँ कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै ढकालले एमाले सदैव संविधानको कार्यन्वयनको पक्षमा रहेको बताउनुभयो । ‘गठबन्धन सरकार अनेक बहानामा चुनाव टार्ने प्रयत्नमा भए पनि एमाले पार्टी र जनवर्गीय संगठनहरुको निरन्तरको दबाबले सरकारले चुनाव घोषणा गरेको छ ’वीरेन्द्रनगर नगरपालिकाकी उपमेयरसमेत रहनुभएकी ढकालले भन्नुभयो ‘अब एमाले शानदार ढंगले चुनावको तयारी गर्छ र विजय हासिल गर्दछ ।’
कार्यक्रममा माओवादी ,काँग्रेस र अन्य पार्टीहरु त्यागेर एमालेमा १ सय जना भन्दा बढी कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । नव प्रवेशीहरुलाई केन्द्रीय सदस्य ढकाल र जिल्ला अध्यक्ष अमृत कुमार बिसीले माला लगाएर एमालेमा स्वागत गर्नुभएको छ ।
ढकालले नवप्रवेशीहरुलाई एमालेलमा प्रवेश गरेकोमा कुनै पछुतो नहुने बताउनुभएको छ । ‘नवप्रवेशी साथीहरुलाई योग्यता र क्षमताका आधारमा जिम्मेवारी दिइनेछ ’ ढकालले भन्नुभयो ‘तपाईंहरु ढुक्क हुनुहोस । पार्टीकोे विधि विधान बमोजिम काम गर्नुहोला । अब आउने चुनावमा एमालेले विजयी गराउन सबै एकजुट भएर लाग्नुहोल । ’
आज एमाले प्रवेश गर्नेहरुमा माओवादीबाट प्रेम बहादुर बिक,चन्द्रबहादुर दमाइ,निर्मला विक,सीता विक लगायत छन् । यसैगरी काँग्रेसबाट विकास भण्डारी,दिपासिंह भण्डारी लगायत ५० जना भन्दा बढी छन् ।