मकवानपुर – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष कमल थापाले राप्रपाबाट अलग हुने घोषणा गर्नु भएको छ । हेटौडामा आज पत्रकार सम्मेलन गरेर थापाले पार्टीबाट अलग हुने घोषणा गर्नु भएको हो ।
पत्रकार सम्मेलनमा थापाले भन्नुभयो, ‘अत्यन्त भारी मन तथा पीडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय लिएको छु । पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने र पार्टीमै रमाउने उत्कट चाहना भएतापनि आफ्नो कुराको सुनुवाइ नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको हुँ ।’
गत मंसिरमा भएको पार्टी महाधिवेशनमा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित हुनुभएपछि थापाले महाधिवेशनमा पूर्वराजाको हस्तक्षेप भएको दावी गर्नुभएको थियो र त्यसको छानबिन गर्न माग गर्दै आउनुभएको थियो ।
हेर्नुहोस् थापाको विज्ञप्ति








प्रतिक्रिया