काठमाडौं – नेको इन्स्योरेन्स लिमिटेडले समता स्कुललाई रु.५ लाख सहयोग गरेको छ । नेको इन्स्योरेन्सले समाज प्रतिको उत्तरदायित्व गर्दै समाजका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ । यसै क्रममा कम्पनीका अध्यक्ष रोहितकुमार भटराईले शैक्षिक गुठीका निर्देशक दीपक सन्जेललाई रु.५ लाखको चेक हस्तान्तरण गर्नुभयो ।
समता स्कुलले देशका ७७ वटै जिल्लामा मासिक एक सय रुपैयाँमा नर्सरी देखि स्नातकोत्तर तहसम्मको शिक्षा अंग्रेजी माध्यमबाट प्रदान गर्दै आएको छ ।
सहयोग हस्तान्तरण समारोहमा समताका निर्देशकले नेको इन्स्योरेन्सले आर्थिक अवस्था कमजोर भएकालाई शिक्षा प्रदान गर्ने कार्यमा सहयोग गरेकोमा कम्पनीको प्रशंसा गरेका छन् ।
प्रतिक्रिया