काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि संस्कृतिविद् सत्यमोहन जोशी मंगलबार अस्पताल भर्ना हुनु भएको छ ।
सोमबार रातिदेखि स्वाशप्रस्वाशमा समस्या देखिएपछि जोशीलाई मंगलबार दिउँसो किस्ट अस्पतालमा भर्ना गरिएको हो ।
१०२ वर्षीय जोशीको छातीमा निमोनियाको संक्रमण देखिएको किस्ट अस्पतालले जनाएको छ ।
अस्पताल स्रोतका अनुसार उहाँको अक्सिजनको लेभल केही घटेको छ। कोभिड-१९ को आशंकामा पीसीआर गर्न स्वाब पठाइएको छ।
अक्सिजन लेभल घटे पनि अक्सिजनको सपोर्टमा राख्नु नपरेको किस्ट मेडिकलका एक चिकित्सक बताउनुभयो ।
प्रतिक्रिया