अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादीका पूर्वजनमुक्ति सेनाका सहायक कमाण्डर रावल एमालेमा प्रवेश

माओवादीका पूर्वजनमुक्ति सेनाका सहायक कमाण्डर रावल एमालेमा प्रवेश


सुर्खेत – गैरसांसद कार्चेन लामालाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्री बनाएको असुन्तष्टि जनाउनुहुँदै माओवादीका पूर्वजनमुक्ति सेनाका सहायक कमाण्डर कल्से रावल नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

एमाले स्थायी कमिटी सदस्य गोरख वोगटीले उहाँलाई पार्टीमा स्वागत गर्नुभयो । वोगटीले भन्नुभयो, ‘एकताकै प्रक्रियाको रूपमा उहाँ आउनुभएको छ । पार्टीले उहाँलाई उपयुक्त जिम्मेवारी दिन्छ ।’

‘यत्तिका सांसद हुँदा हुँदै पनि माओवादीले कस्तालाई मन्त्री बनाए भन्ने कुरा थाहै छ’ रावलले भन्नुभयो, ‘इमान्दारीपूर्वक राजनीति गर्ने र देश र जनताको सेवामा समर्पित हुन एमाले रोजेको हो । जनता र देश प्रेमी पार्टी हो एमाले ।’