अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधि सभा बैठक फागुन २ गतेसम्म स्थगित

प्रतिनिधि सभा बैठक फागुन २ गतेसम्म स्थगित


काठमाडौं – सरकारको आग्रहमा भोलिका लागि बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित स्थगित गरिएको छ । सत्तारुढ दलमै एमसीसी विवाद बढेपछि प्रतिनिधिसभाको भोलि बोलाइएको बैठक स्थगित गरिएको हो ।

सभामुख अग्नी सापकोटाले आजै सूचना टाँसेर बैठक स्थगित गर्न निर्देशन दिएको स्रोतले बतायो । संसद् सचिवालय स्रोतका अनुसार सभामुखको निर्देशनपछिखबैठक आगामी फागुन २ गते बस्ने गरी बैठक स्थगित गरिएको छ।

यसअघि माघ १६ गते बोलाइएको बैठक पनि अन्तिम समयमा १० दिनका लागि स्थगित गरिएको थियो । बुधबारको बैठकका लागि सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनु भएको थियो । संसद सचिवालयले पनि प्रतिनिधिसभाको सम्भावित कार्यसूची सार्वजनिक गरेको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबुल गर्न सभामुखलाई सन्देश पठाउनु भएको थियो ।

तर, सभामुखले यतिखेर माहोल राम्रो नभएको भन्दै टेबुल नगर्ने अडान लिइरहनु भएको छ । यही विवादलाई पन्छाउन सभामुखले भोलीको बैठक पनि स्थगित गरेका हुन् ।