चितवन – नेपाल कम्युनिष्ट पार्टी एमाले चितवनको अध्यक्षमा रामप्रसाद न्यौपाने चयन हुनुभएको छ । १० औं जिल्ला अधिवेशन उद्घाटन भएर कोरोनाका कारण देखाउँदै पुष २३ गतेदेखि स्थगित भएको थियो । हिजो नेउपानेलाई अध्यक्ष मण्डलले अध्यक्ष चयन गरेकोे घोषणा गरेको हो ।
उपाध्यक्षमा कमलराज पाठक, सचिवमा शैलेश खनाल, सहसचिवमा चन्द्रकान्त न्यौपाने र प्रकाश ढुंगाना चयन भएका छन् ।
निर्वाचन मण्डलका अनुसार बुधवार दिउँसो १ बजे नवनिर्वाचित कमिटीको पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रम एमाले पार्टी कार्यालय भरतपुरमा राखिएको छ ।
एमाले अध्यक्ष बनेका न्यौपाने यसअघि नेकपाको भरतपुर महानगर कमिटी अध्यक्ष हुनुहुन्थ्यो ।







प्रतिक्रिया