अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव नेपाललाई आन्दोलन गर्न उक्साएर देउवालाई भेट्न प्रचण्ड बालुवाटारमा

माधव नेपाललाई आन्दोलन गर्न उक्साएर देउवालाई भेट्न प्रचण्ड बालुवाटारमा


काठमाडौं -सत्ता गठबन्धनमा अविश्वास चुलिरहेका बेला आज प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादीका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ ।
माधव नेपालसाग विहान छलफल गरेका प्रचण्ड साँझ पाँच बजे प्रधानमन्त्री देउवालाई भेट्न वालुवाटार पुग्नुभएको हो । सत्ता साझेदार नेकपा समाजवादी अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट(एमसीसी)का संसदमा लैजाने विषयमा छलफल भएको बालुवाटारर स्रोतले जनाएको छ । स्रोतका अनुसार विहान प्रचण्डसँग भेट गरेपछि नेकपा एसले एमसीसीका विरुद्ध सडक आन्द्योलन गर्ने निर्णय गरेको थियो । जसले गर्दा प्रधानमन्त्री देउवा प्रचण्डसँग थप संशकित हुनु भएको छ । प्रचण्डको सुझाव अनुसार नेपालले सत्तामा छँदै सडक आन्दोलन गर्ने निर्णय गरेको बालुवाटारको दाबी छ । विगतमा जस्तै माधव नेपाललाई सडक आन्दोलनमा सघाउर्छौं भनेर भर पार्ने र देउवालाई सत्तामा साथ दिइरहन्छौं भनेर भर पार्ने प्रचण्डको दोहोरो रणनीति हुनु सक्ने देउवाको शंका छ ।
तथापी आजको छलफलमा एमसीसी,संसद बैठक र स्थानीय तहको निर्वाचनमा कसरी जाने भन्ने विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।