काठमाडौ -नेकपा एमालेको निर्वाचन आयोगका अध्यक्ष विजय सूब्बाले पार्टीको चुनाव चिन्ह र झण्डालाई अलग अलग प्रयोग गर्न आग्रह गर्नुभएको छ ।
पार्टीका कतिपय कार्यक्रमहरुमा सूर्य भित्र हँसिया हथौडा राख्दा मतदातामा अलमल हुने स्पष्ट पार्नुभएको छ । पार्टीका कतिपय कार्यक्रमहरुमा राखिएका झण्डाहरुमा सूर्य भित्र हँसिया हथौडा राखिने गरेको सन्दर्भमा हँसिया हथौडा अलग्गै र सूर्य चिन्ह अलग्गै प्रयोग गर्नु उचित हुने सूब्बाको धारणा छ ।
गत असोजमा भएको विधान महाधिवेशनमा पार्टीको लोगोको रुपमा सूर्य भित्र हँसिया हथौडा राख्ने निर्णय भएको थियो ।
नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह गोलाकार भित्र हँसिया हथौडा भएकोले मतदाता झुक्किन सक्ने भएकोले निर्वाचनको प्रचार प्रसारमा सूर्य र हँसिय हथौडालाई अलग अलग प्रयोग गर्ने सुझाव सूब्बाले दिनुभएको हो ।






प्रतिक्रिया