अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देउवा निर्वाचित भएपछि पहिलो कार्यसम्पादन समिति बैठक आज

देउवा निर्वाचित भएपछि पहिलो कार्यसम्पादन समिति बैठक आज


काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पहिलो पटक बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा कांग्रेसका म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्था, अधिवेशन हुन बाँकी १६ जिल्ला कार्यसमिति, स्थानीय तह निर्वाचनको तयारीलगायत विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ ।

१४ औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएपछि पहिलोपटक कार्यसम्पादन समिति बैठक बस्न लागेको हो ।

कार्यसम्पादन समितिको बैठकको तयारीका लागि मङ्गलबार प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाबाहेक पदाधिकारीबीच पार्टी केन्द्रीय कार्यालयमा र बुधबार सभापति देउवासहित प्रधानमन्त्री निवास बालुवाटारमा सबै पदाधिकारीबीच आन्तरिक छलफल भएको थियो ।

कांग्रेसले माघ १४ गते ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको थियो ।