अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्थानीय तहमा प्रचण्डको गठबन्धन प्रस्ताव शेखरद्वारा अस्वीकार

स्थानीय तहमा प्रचण्डको गठबन्धन प्रस्ताव शेखरद्वारा अस्वीकार


काठमाडौं– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले स्थानीय तहमा सत्तारुढ दलबीच गर्ने भनिएको गठबन्धन प्रस्ताव अस्वीकार गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय चुनावमा गठबन्धन बनाएर जाऔँ भनेर गरेको प्रस्तावलाई कोइरालाले अस्वीकार गर्नुभयो । ‘वडा वडामा गठबन्धन सम्भव छैन । केन्द्रबाट तोकेर एलाइन्समा चुनाव लड्ने कुरा म अन्तिमसम्म विरोध गर्छु, बरु चुनावपछि सहकार्य गर्न सकिन्छ,’ प्रचण्डलाई कोइरालाको जवाफ थियो ।

कोइरालाले मंगलबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि बालकोट पुगेर भेट्नुभएको थियो ।

नेता अमरेशकुमार सिंहसहित प्रचण्ड निवास खुमलटार पुगेका कोइराला र प्रचण्डबीच गठबन्धन, एमसीसी, संसद् खुलाउने लगायतका विषयमा छलफल भएको कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए ।