काभ्रे – नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले काभ्रेमा सभामुख अग्निप्रसाद सापकोटालाई कालो झण्डा देखाएको छ ।
युवा संघ नेपाल र अनेरास्ववियुले पदीय मर्यादा कायम गर्न नसक्ने र व्यक्ति हत्याको अभियुक्तलाई सभामुखबाट हटाउन भन्दै नाराबाजी गरेका छन् ।
काभ्रेको सारथी होटलमा आयोजना गरिएको सातै वटा प्रदेशका सभामुखसँगको अनुभव आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुन जाँदै गर्दा सभामुख सापकोटालाई युवा विद्यार्थीले कालो झण्डा देखाएका हुन् ।
विरोध पछि आन्दोलनकर्मी र सुरक्षाकार्मी बीच झडप समेत भएको थियो । झडपमा नेकपा एमाले काभ्रेका युवा नेता विष्णु काभ्रेली, राष्ट्रिय युवा संघ नेपाल जिल्ला अध्यक्ष, सागर रायमाझी, अनेरास्ववियु जिल्ला ईन्चार्ज शालिकराम पराजुली, अनेरास्ववियु काभ्रेका सचिव मिलन गौतम र उपसचिव युवराज दाहाल घाईते भएका छन् । युवा विद्यार्थीले गरेको विरोधमा जिल्ला सुरक्षा समन्वय समितिले नेपाली सेनानै परिचालन गरेको थियो ।








प्रतिक्रिया