अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश १ मा २०१ जनामा कोरोना संक्रमण

प्रदेश १ मा २०१ जनामा कोरोना संक्रमण


विराटनगर – प्रदेश १ मा पछिल्लो २४ घण्टामा २०१ जनामा कोरोना संक्रमण भएको छ । ५२९ जनाको पीसीआर परीक्षण गर्दा १०१ र ५४२ जनाको एन्टिजेन परीक्षण गर्दा १०० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३६, सुनसरीमा २५, झापामा २३, संखुवासभा र खोटाङमा २–२, तेहृथुम, इलाम, पाँचथर, उदयपुर र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा १५, सुन्दरहरैचामा ६, बुढीगंगामा ४, उर्लाबारीमा ३, रंगेली र बेलबारीमा २-२, रतुवामाई, ग्रामथान, कानेपोखरी र लेटाङमा १-१, सुनसरीको धरान र इटहरीमा ९-९, बराहक्षेत्रमा ४, रामधुनी, इनरुवा र स्थानीय तह नखुलेका १-१, झापाको भद्रपुरमा ६, दमकमा ५, विर्तामोड र हल्दिबारीमा ३-३, मेचीनगरमा २, गौरादह, गौरीगञ्ज, कनकाई र कमल गाउँपालिकामा १–१, संखुवासभाको धर्मदेवी र चैनपुरमा १-१, खोटाङको जन्तेढुङ्गा र बराहपोखरीमा १-१, तेहृथुमको आठराई, इलामको देउमाई, पाँचथरको फालेलुङ, उदयपुरको बेलका र धनकुटाको धनकुटा नगरपालिकामा १-१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २२२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ९६ महिला र १२६ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र दुई पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या २ हजार २०६ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।