रुपन्देही – काठमाडौंबाट नवलपरासी पुगेका एक पुरूषको हत्या गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
कपिलवस्तु शुद्धोधन गाँउपालिका-१ उच्डीहवा घर भई काठमाडौं महानगरपालिका-२७ असनमा बस्ने ३५ वर्षीय विजय चौधरीको हत्या आरोपमा ६ जनालाई पक्राउ परेका हुन्।
पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय नवलपरासीले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।
नवलपरासीका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीका अनुसार चौधरी असनमा भाडा, वर्तन र हार्डवेयरको व्यापार गर्थे।
चौधरीको हत्या आरोपमा रामग्राम नगरपालिकाका बस्ने राजु शाह भन्ने मन्जुर आलम देवान, उनकी श्रीमती हदिसुन नेसा, तलत अलि खान, जितबहादुर श्रेष्ठ, शारदादेवी केवट र उनका श्रीमान् बसन्तकुमार सहानीलाई पक्राउ गरेको छ ।
चौधरीको शव माघ ८ गते रामग्राम नगरपालिका-९ जोकवारस्थित सडक छेउको नालीमा फेला परेको थियो।
प्रतिक्रिया