काठमाडौं – नेपाली कांग्रेसले अमेरिकी सहायता परियोजना (एमसीसी) सदनमा लैजाने कुरामा सभामुखले आफ्नो पदीय दायित्व निभाउनु पर्ने बताएको छ ।
बिहीबार बसेको काँग्रेस पदाधिकारी बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले सरकारले एमसीसी संसदमा टेबल गर्ने तयारी गरेको भन्दै टेबल भएपछि बहुमतले पारित हुने बताउनुभयो ।
‘एमसीसी सभामुखले रोक्न मिल्दैन । सभामुखले आफ्नो काम कर्तव्य र दायित्व बुझ्नुपर्छ, पदीय जिम्मेवारीबाट भाग्न मिल्दैन । उहाँको क्षेत्राधिकार संविधानमा तोकिएको छ । त्यसैले सरकारले एमसीसी टेबल गर्छ र बहुमतले पारित पनि हुन्छ । एमसीसीबारे संसदले निर्णय लिन पाउनुपर्छ ।’






प्रतिक्रिया