अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको आज देखि स्थानीय निर्वाचन केन्द्रीत कार्यक्रम सुरु,पहिलो चरणमा सातै प्रदेशमा प्रशिक्षण

एमालेको आज देखि स्थानीय निर्वाचन केन्द्रीत कार्यक्रम सुरु,पहिलो चरणमा सातै प्रदेशमा प्रशिक्षण

अध्यक्ष केपी शर्मा ओलीले आज १ बजे भर्चुअल उद्घाटन गर्नुहुने


काठमाडौं -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज स्थानीय तहको निर्वाचनका बिषयमा पार्टीका केन्द्र र प्रदेशका नेताहरुलाई भर्चुअल सम्बोधन गर्नुहुने भएको छ ।
प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार पार्टीले आयोजना गर्न लागेको स्थानीय तह निर्वाचन तयारी केन्द्रीत प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रमको तयारी स्वरुप आजको कार्यक्रम हुन लागेको हो ।
भुर्चअल बैठकमा केन्द्रीय कमिटीका पदाधिकारी,सदस्यहरु,प्रदेश कमिटीका पदाधिकारी,संघीय र प्रदेश सभासदस्यहरु र जिल्ला कमिटीका पदाधिकारी एवं प्रशिक्षणका लागि तोकिएका सहभागी हुनुहुनेछ ।

एमालेको लगातारको दबाब, निर्वाचन आयोगको ताकेता, जनस्तरबाट व्यक्त खबरदारी समेतका कारण सरकारले आगामी २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने गरी निर्णय गरेकाले उक्त निर्वाचनलाई पार्टीका पक्षमा पार्नका लागि मातहत कमिटी, नेता तथा कार्यकर्तालाई तयारी हालतमा राख्नका लागि कार्यक्रम आयोजना गर्न लागिएको छ । कार्यक्रम फागुन १ गते प्रदेश १ बाट सुरु हुदैछ ।

प्रशिक्षणका विषयहरु
क। दसौं राष्ट्रिय महाधिवेशनरविधान महाधिवेशनबाट पारित सिद्धान्त, कार्यक्रम र कार्यदिशा
ख। सबल, गतिशील र अनुशासित पार्टी निर्माणः राजनीतिक, सङ्गठनात्मक र शैलीगत विषयहरु
ग। स्थानीय तहमा हाम्रा पाँच वर्षः उपलब्धी र अनुभवहरु
घ। स्थानीय तह निर्वाचनको तयारीः राजनीतिक, कानुनी र व्यवहारिक पक्षहरु
प्रशिक्षण कार्यक्रमका सहभागीहरु
क। प्रदेश कमिटीका इञ्चार्ज तथा सह इञ्चार्जहरु
ख। प्रदेश कमिटी पदाधिकारीहरु
ग। प्रदेश कमिटीका स्कुल तथा स्थानीय तह विभाग प्रमुखहरु
घ। प्रदेश अन्तर्गतका सबै जिल्ला कमिटी इञ्चार्जरसहइन्चार्जहरु
ङ। प्रशेश अन्तर्गतका सबै जिल्ला कमिटी पदाधिकारीहरु
च। सबै जिल्ला कमिटी स्कुल तथा स्थानीय तह विभागका प्रमुखहरु
छ। नेकपा ९एमाले०बाट निर्वाचित जि।स।स। प्रमुख वा प्रमुख नभएको जिल्लाबाट उपप्रमुख
ज। नेकपा ९एमाले०बाट विजयी पालिका प्रमुख वा पालिका प्रमुख नभएकोमा उपप्रमुखहरु
झ। पालिका पार्टी कमिटीका अध्यक्षहरु
प्रशिक्षणको समय तालिका र स्थान
प्रदेश नं १– फागुन १– २, विराटनगर
मधेस प्रदेश– फागुन ३–४, जनकपुर
वागमती प्रदेश– फागुन ६–७, काठमाडौं
गण्डकी प्रदेश– फागुन ८–९, पोखरा
लुम्बिनी प्रदेश– फागुन ११–१२, बुटवलरदाङ
कर्णाली प्रदेश– फागुन १४–१५, सुर्खेत
सुदूरपश्चिम प्रदेश– फागुन १६–१७, धनगढी
समय
पहिलो दिन बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म
दोस्रो दिन बिहान ८ बजेदेखि दिनको ४ बजेसम्म