अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चप्पल गोदाममा आगलागी, एक घाइते

चप्पल गोदाममा आगलागी, एक घाइते


दाङ- दाङको तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाइनस्थित एक घरमा आलगागी भएको छ । आगलागी हुँदा सोही घरमा रहेको इरम फुटवेयर चप्पल गोदाममा क्षति भएको छ भने एक व्यक्ति घाइते भएका छन् । घाइतेलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको छ ।

विद्युत्को मिटर पड्किँदा आगलागी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । गए राति २ बजेदेखि आगलागी भएकामा बिहान साढे ५ बजेसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । क्षतिको विवरण अझै आउन सकेको छैन । अहिले इलाका प्रहरी कार्यालय तुलसीपुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयवासी तथा घोराही उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिइरहेका छन् ।