अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीलाई प्रचण्डको टेलिफोन, प्रचण्डका दुवै प्रस्ताव अध्यक्ष ओलीद्वारा अस्वीकार

अध्यक्ष ओलीलाई प्रचण्डको टेलिफोन, प्रचण्डका दुवै प्रस्ताव अध्यक्ष ओलीद्वारा अस्वीकार


काठमाडौं- सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई टेलिफोन गरी एमसीसीबारे प्रष्ट निर्णय गरिदिन आग्रह गर्नुभएको छ ।

एमाले प्रचार प्रसार उपप्रमुख विष्णु रिजालले एमसीसीको सम्बन्धमा विदेशी वा स्वदेशी जसले खोजे पनि आफ्नो पार्टीको धारणा प्रष्ट रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘एमसीसीमा तपाईंले निर्णय नगरी भएन’ भन्दै हिजो सॉझ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फोन गर्दा हाम्रो पार्टीका अध्यक्ष केपी ओलीले स्पष्ट शब्दमा भन्नुभएको छ, ‘तपाईंहरूले पहिले केपी ओलीलाई हटाएपछि पारित गर्छौं भनेर बचन दिनुभएको छ, हटाइसकेपछि ‘४-५ महिनामा पारित गर्छौं’ भनेर लिखित कागज नै गर्नुभएको रहेछ । अहिले सत्ता चलाइरहनुभएको छ, प्रतिनिधिसभामा १ सय ६५ सदस्य छन् । पहिले आफूले निर्णय गर्नूस् । नेकपा (एमाले) त निर्णय गरिहाल्छ ।’

प्रचण्डले एमसीसीको विषय किनारा लगाउन भन्दै ओलीसमक्ष राखेका दुवै प्रस्ताव एमाले अध्यक्ष ओलीले अस्वीकार गर्नुभएको हो ।