ललितपुर- गएको माघ ९ गते ललितपुर महानगरपालिका २७ सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट मूर्ति चोरी भएको थियो ।
महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक शिद्धिबिक्रम शाहले बिहान फेला पारिएको मूर्ति गुठीका अध्यक्ष नन्दबहादुर महर्जनलाई हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।
‘‘स्थानीयले खबर गरेपछि आज बिहान मूर्ति फेला पारेका थियौँ । थप अनुसन्धान भइरहेको छ । आजै स्थानीयले बाजागाजासहित मूर्ति पुनः मन्दिरमा भित्राइएको छ,” उहाँले भन्नुभयो ।







प्रतिक्रिया