अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उर्लाबारीमा माओवादीको समानान्तर नगर कमिटी

उर्लाबारीमा माओवादीको समानान्तर नगर कमिटी


मोरङ– उर्लाबारीमा नेकपा माओवादी केन्द्रको समानान्तर नगर कमिटी गठन भएको छ ।

गत नगर अधिवेशनबाटै असन्तुष्ट रहेको एक समूहले तोर्ण श्रेष्ठको संयोजकत्वमा समानान्तर कमिटी गठन गरेको हो । श्रेष्ठ नेकपा माओवादी केन्द्र उर्लाबारीका निवर्तमान अध्यक्ष हुनुहुन्छ ।

उर्लाबारी–४ मा हिरालाल देवकोटाको घरमा भएको भेलाले अध्यक्षमा श्रेष्ठ र सचिवमा मोहन खनाललाई चयन गरेको छ ।

माओवादी केन्द्र नगर कमिटी अध्यक्ष गजेन्द्र दंगालले समानान्तर कमिटी गठनका विषयमा आफूलाई औपचारिक जानकारी नभएको बताउनुभयो ।

उर्लाबारीमा जनयुद्धकालका नेता प्रकाश पौडेललगायतले भने नेकपा विघटन हुँदा एमाले नै रोज्नुभएको थियो ।