अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्थानीय तहको निर्वाचनबाट प्रतिक्रियावादीहरुको पराजय सुरु हुन्छ : अध्यक्ष ओली

स्थानीय तहको निर्वाचनबाट प्रतिक्रियावादीहरुको पराजय सुरु हुन्छ : अध्यक्ष ओली


काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको स्थानीय तहको निर्वाचनबाट एमालेले प्रतिक्रियावादीहरुलाई हराउन सुरु गर्ने बताउनुभएको छ ।

सबै प्रदेशमा एकसाथ स्थानीय तहको निर्वाचनको तयारी प्रशिक्षणको उद्घाटन गर्दै अध्यक्ष ओलीले एमालेको दबाबले मात्रै सरकार निर्वाचन घोषणा गर्न बाध्य भएको उल्लेख गर्नुभयो । ‘स्थानीय तहको निर्वाचनबाट प्रतिक्रियावादी र परमादेशीहरुलाई हराउन सुरु गरिनेछ,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘संघ र प्रदेशको निर्वाचनसम्म पुग्दा एमालेले सिंगो देशलाई नेतृत्व गर्ने अवस्थामा पग्दछ ।’