काठमाडौं – तीन वर्षीय नाबालकको कानको सुनको मुन्द्रा लुटपाट गरेको तथा लुटेको मुन्द्रा किनेको आरोपमा प्रहरीले दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं गोकर्णश्वर नगरपालिका–४ गोकर्ण घर भएका ३८ वर्षीय नारायण श्रेष्ठ र लुटेको सुन किन्ने काठमाडौं गोकर्णश्वर नगरपालिका–६ स्थित न्यू लक्की सुन चाँदी पसल सञ्चालन गरी बस्ने मोरङ पथरी शनिश्चरे नगरपालिका–८ घर भएका ३० वर्षीय राजकुमार बराइली रहेका छन् ।
काठमाडौं महानगरपालिका–६ बौद्धबाट गत माघ ८ गते काठमाडौं महानगरपालिका-६ पाटिटारस्थित तरकारी बजारमा तरकारी पसल सञ्चालन गर्दै आएकी महिलाको ३ वर्षीय नाबालक छोरालाई चक्लेट दिई आफूलाई मामा हुँ भनी फकाई फुल्याई नाबालकले कानमा लगाएको अन्दाजी २/२ आना गरी जम्मा अन्दाजी ४ आना बराबरको सुनको मुन्द्रा लुटेको घटनामा संलग्न उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरुउपर चोरी तथा डाँका सम्बन्धी कसुरअन्तर्गत काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया