अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव नेपालसँग एकता र तालमेल नगर्ने एमाले अध्यक्ष ओलीको घोषणा

माधव नेपालसँग एकता र तालमेल नगर्ने एमाले अध्यक्ष ओलीको घोषणा


काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालहरुसँग पार्टी एकता र तालमेल नहुने बताउनुभएको छ ।

‘आफ्नो सरकार ढालेर पार्टी फुटाएर जानेहरुलाई एमालेमा नो इन्ट्री,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘त्यसैले सबै स्पष्ट भए हुन्छ । उनीहरुसँग न त चुनावी गठबन्धन न त एकता हुन्छ । त्यतातिर हामी लाग्दैनौं ।’

अध्यक्ष ओलीले एमाले एक्लै चुनाव लड्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘हामीलाई जनताप्रति विश्वास छ । जनताले एमालेलाई विश्वास गर्दछन् । त्यसैले हामी कसैको साहारा लिएर चुनावमा जादैनौं ।’