भोजपुर – प्रेस चौतारी नेपाल भोजपुरको अध्यक्षमा मोहन दुराल सर्वसम्मत चयन हुनु भएको छ ।
आज सम्पन्न चौथो जिल्ला अधिवेशनबाट उपाध्यक्षमा मकर तामाङ र मेनुका लुइँटेल चयन भएका छन् । त्यस्तै सचिवमा प्रदीपचन्द्र राई, उपसचिव बबिता तामाङ र अर्जुन राई चयन भएका छन् ।
सदस्यहरूमा प्रजन राई, दिपेश राई, प्रेमकुमारी खड्का छन् । जिल्ला अधिवेशन नेकपा एमाले भोजपुरका अध्यक्ष शरणकुमार राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।






प्रतिक्रिया