अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेनिकट खेलकुद महासंघको महाधिवेशन आयोजक कमिटी घोषणा (सूचिसहित)

एमालेनिकट खेलकुद महासंघको महाधिवेशन आयोजक कमिटी घोषणा (सूचिसहित)


काठमाडौं – नेकपा एमाले निकट नेपाल खेलकुद महासंघले महाधिवेशन आयोजक समितिको नाम सार्वजनिक गरेको छ ।

महासंघले दोस्रो महाधिवेशन आयोजना गर्ने गरी परशुराम बस्नेतको नेतृत्वमा १९९ सदस्यीय आयोजक कमिटीको नाम सार्वजनिक गरेको हो ।

हालै सम्पन्न बैठकले बस्नेतको संयोजकत्वमा पार्टीको निर्देशिका बमोजिम १९९ सदस्यीय केन्द्रीय महाधिवेशन आयोजन कमिटी गठन भएको महासंघका नेता प्रभातविक्रम कटुवालले जानकारी दिनुभयो ।

आयोजक कमिटीको पहिलो बैठकले अन्य पदाधिकारी चयन गर्ने भएको छ । आयोजक कमिटीमा खेलकुद परिषदका पूर्व सदस्य पुरेन्द्रविक्रम लाखेदेखि हालका सदस्य सुभास श्रेष्ठ, रेनुका श्रेष्ठ लगायत विभिन्न खेल विधाका हस्तीहरु समेटिएका छन ।

महासंघका अध्यक्ष रमेश पौडेल एमाले केन्द्रीय कमिटी सदस्य मनोनीत भएपछि वरिष्ठ उपाध्यक्ष बस्नेतको नेतृत्वमा आयोजक कमिटीमा परिणत गरिएको हो ।