काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रहितलाई गम्भीर संकटमा धकेल्दै प्रधानमन्त्री र प्रचण्डले एमसीसीलाई पत्र लेख्नु गम्भिर गल्ती भएको बताउनुभएको छ ।
‘गठबन्धन सरकारका प्रधानमन्त्री र अर्का साझेदारले सेप्टेम्बरमा एमसीसीलाई एउटा पत्र लेखे । पाँच महिनापछि एमसीसी पास गर्छौं भनेर,’ अध्यक्ष ओलीले भन्नुभयो ‘एउटा नेता समर्थन गर्छ अर्को विरोध गर्छ । ’
अध्यक्ष ओलीले मन्त्रालयको एउटा शाखाले एमसीसीलाई लेख्नु पर्ने पत्र प्रधानमन्त्री र अर्को एउटा अध्यक्षले लेखेर राष्ट्रिय स्वाभिमानलाई गुमराहमा राखेको अध्यक्ष ओलीको भनाइ छ ।
एमसीसीलाई लेखेको पत्र बाहिरिएपछि एउटा नेताले पार्टी अध्यक्षको हैसियतमा लेखिएको बताउनुभयो । ‘पत्र बाहिरएपछि एउटा नेता भन्छन् पार्टीको अध्यक्षको हैसियतले लेखेको हुँ,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘पार्टी अध्यक्षको हैसियतमा लेखेको भए त रिपब्लिक पार्टी, डेमोक्रेटिक पार्टीलाई लेख्नु पर्ने हो । एमसीसी कुन पार्टी हो ? त्यसको अध्यक्ष को हो ?’







प्रतिक्रिया