काठमाडौं – नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आज काठमाडौ टेकुस्थित नेपाल आयल निगमको कार्यलय घेराउ गरेको छ।
प्रदर्शनमा सहभागी युवा संघका कार्यकर्ताले ‘स्थानीय तह निर्वाचनको स्वीकार्यता, मुल्यवृद्धि फिर्ता गर, नेपाली भूमि फिर्ता, रेणु यादवलाई बर्खास्त गर, खोप चोरी प्रकरणको छानविन गर, स्वास्थ्यमन्त्रीलाई कारवाही गर’ लगायतका माग राख्दै युवा संघले नाराबाजी गरेका थिए।
नेपाल आयल निगमले निरन्तर रुपमा मुल्यवृद्धि गरेको भन्दै युवा संघले निरन्तर रुपमा आन्दोलन देशव्यापी रुपमा गरिरहेका छन्।












प्रतिक्रिया