अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रक्षा र उद्योगमन्त्री नियुक्ति गर्ने तयारीमा प्रधानमन्त्री देउवा

रक्षा र उद्योगमन्त्री नियुक्ति गर्ने तयारीमा प्रधानमन्त्री देउवा


काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नु भएको छ । उहाँले रिक्त रक्षामन्त्री र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री पदमा नियुक्तिको तयारी गर्नु भएको हो ।

रक्षामन्त्री र उद्योगमन्त्री दुई दिनभित्रै नियुक्ति गर्ने तयारीमा प्रधानमन्त्री देउवा रहेको बालुवाटार स्रोतले जनाएको छ ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्री पदमा हार्नुभएपछि तत्कालीन रक्षामन्त्री डा.मीनेन्द्र रिजालले गत पुस १ गते पदबाट राजीनामा दिनु भएको थियो । यस्तै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लागेपछि तत्कालीन उद्योगमन्त्री गजेन्द्र हमालले असोज २४ गते राजीनामा दिनु भएको थियो ।

स्रोतका अनुसार मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री देउवाले आज सत्ता गठबन्धनका दलहरु नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँग पनि छलफल भएको खुलासा भएको छ ।

प्रधानमन्त्री देउवालाई पार्टीको १४औँ महाधिवेशनमा सघाएका कांग्रेस नेता प्रकाशमान सिंहको सिफारिसमा एक जनालाई मन्त्री बनाउने स्रोतको दावी छ । स्रोतका अनुसार सिंहको सिफारिसमा सुजाता कोइराला र राजन केसीमध्ये कुनै एक जना मन्त्री बन्ने निश्चित छ। रक्षामन्त्री भने अझैँ टुंगो लागि नसकेको स्रोतको भनाइ छ।