काठमाडौं -आज आइतबारदेखि काठमाडौं उपत्यकाका शैक्षिक संस्था खुल्ने भएका छन्।
कोभिड संकट व्यवस्थापन केन्द्र सिसिएमसी तथा काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी सम्मिलित जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डिसिसिएमसी को शनिबार बसेको बैठकले आजबाट शैक्षिक संस्था सञ्चालन गर्ने निर्णय गरेको हो।
त्यसैगरी होटल, रेष्टुरेन्ट तथा रात्रिकालीन व्यवसाय पनि सञ्चालन गर्न दिने निर्णय सरकारले गरेको छ।
कोरोना संक्रमणको तेस्रो लहर शुरु भएपछि सरकारले पुसको तेस्रो साताबाट काठमाडौं उपत्यकामा शैक्षिक संस्था बन्द गरेको थियो।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालका अनुसार जिल्ला प्रशासन कार्यालय भक्तपुर र ललितपुरसमेतको निर्णय अनुसार शैक्षिक संस्था खुलाउने र रात्रिकालीन व्यवसाय सञ्चालन गर्न दिने निर्णय भएको छ।
स्थानीय प्रशासनको निर्णय अनुसार अब शैक्षिक संस्थामा १२ वर्षमुनिका विद्यार्थीका लागि इन्टरनेटबाटै शिक्षणको गतिविधि सञ्चालन गर्ने व्यवस्था मिलाउनु पर्नेछ। १२ वर्षमाथिका विद्यार्थीका लागि स्कुलमै गएर अध्ययन गर्ने गरी व्यवस्था मिलाइएको छ।
प्रतिक्रिया