अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चुनावमा गठबन्धन गर्छु भन्ने कांग्रेसको रणनीति, प्रवक्ता भन्छन्, ‘गर्दैनौं भन्यो भने कम्युनिस्टहरू मिल्छन्’

चुनावमा गठबन्धन गर्छु भन्ने कांग्रेसको रणनीति, प्रवक्ता भन्छन्, ‘गर्दैनौं भन्यो भने कम्युनिस्टहरू मिल्छन्’


चितवन– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तहको निर्वाचन आउन लागेकाले सतर्क रहन कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

चितवनमा संवाददाताहरुसित कुरा गर्दै महतले कम्युनिस्ट पार्टी जुनसुकै बेला मिल्न सक्ने भन्दै निर्वाचनमा पार्टीलाई जिताउन सतर्क भएर बस्न आग्रह गर्नुभयो ।

पार्टीको लक्ष्य प्राप्तिको लागि निर्वाचन जित्नै पर्ने भन्दै उहाँले एक ढिक्का भएर निर्वाचनमा केन्द्रित हुन आग्रह गर्नुभयो । ‘कम्युनिस्टहरू जतिसुकै झगडा गरे पनि तुरुन्तै मिलेर भोट हाल्न सक्छन्’, उनले भने, ‘यसतर्फ कांग्रेस सतर्क हुनुपर्छ ।’

नेता महतले गठबन्धनको स्थायित्वका विषयमा कांग्रेसले आवश्यकताका आधारमा निर्णय लिने बताउनुभयो । ‘निर्वाचनमा गठबन्धन गर्दैनौं भन्यो भने कम्युनिस्टहरू मिल्न सक्छन्’, उहाँले भन्नुभयो, ‘त्यसको विषयमा कांग्रेसले पछि निर्णय लिने छ ।’

पूर्व परराष्ट्र मन्त्रीसमेत रहेका महतले एमसीसी सम्झौता संसदबाट पास भए नेपालमा अमेरिकी सेना आउँछ भन्ने गलत कुरा भएको बताउनुभयो ।

‘एमसीसीका बारेमा अहिले भएको विरोध नियोजित हो’, उहाँले भन्नुभयो, ‘एमसीसीलाई राजनीतिकरण गर्न खोजियो ।’ सरकारले ल्याएका प्रस्ताव संसद‍्मा टेबुल गराउनु सभामुखको दायित्व रहेको भन्दै उहाँले सरकारले ल्याएको प्रस्तावमा सभामुखले म यो संसद‍्मा पेस गर्छु, यो गर्दिनँ भन्न नमिल्ने बताउनुभयो ।