अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आजबाट १७ दिने प्रशिक्षण सुरु, कुन प्रदेशमा को-को प्रशिक्षक ?

आजबाट १७ दिने प्रशिक्षण सुरु, कुन प्रदेशमा को-को प्रशिक्षक ?


काठमाडौं- नेकपा एमालेले स्थानीय तह निर्वाचनको तयारीका लागि १७ दिने प्रशिक्षण कार्यक्रम आजबाट सुरु गरेको छ ।

प्रदेश १ मा आजबाट सुरु हुने यो प्रशिक्षण सुदुरपश्चिम प्रदेशमा फागुन १७ मा समापन हुनेछ । अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार यो कार्यक्रमको भर्चुअल उद्घाटन गर्नुभएको छ । प्रशिक्षण कार्यक्रममा नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशनबाट पारित गरेको कार्यदिशा, एमालेले संघीय र प्रदेश सरकार हुँदा गरेका विकास निर्माण, सामजिक सेवा, कुटनीतिक दुरदर्शीताका कामका बारेमा जानकारी गराइने छ ।

यसैगरी स्थानीय तहको निर्वाचनको तयारी, स्थानीय तहमा हालसम्म भएका राम्रा कामहरु प्रशिक्षणका मुख्य विषय छन् । यसैगरी स्थानीय तहको आगामी निर्वाचनमा विजयी हुनका लागि पार्टीले अपनाउनु पर्ने रणनीति, स्थानीय पार्टी कमिटीको भूमिका आदिका बारेमा विस्तृत रुपमा प्रशिक्षणमा छलफल गरिने स्थानीय तह विभाग प्रमुख देवेन्द्र दाहालले जानकारी दिनुभयो ।

उपमहासचिव प्रदिप ज्ञवालीका अनुसार प्रशिक्षणका लागि ६ वटा प्रदेशमा पार्टीका उपाध्यक्षले नेतृत्व गर्नुहुनेछ । लुम्बिनी प्रदेशमा महासचिव शंकर पोखरेलले नेतृत्व गर्ने ज्ञवालीले जानकारी दिनुभयो । ज्ञवालीका अनुसार प्रदेश १ मा उपाधक्ष्य विष्णु पौडेल,मधेसमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल,बागमतीमा अष्टलक्ष्मी शाक्य,गण्डकीमा युवराज ज्ञवाली लुम्बिनीमा महासचिव शंकर पोखरेल,कर्णालीमा उपाध्यक्ष रामबहादुर थापा र सुदुरपश्चिममा उपाध्यक्ष सुरेन्द्र पाण्डेले प्रशिक्षणको नेतृत्व गर्नुहुनेछ । हरेक प्रदेशमा ६ जना प्रशिक्षक खटाइएको छ ।

कुन प्रदेशमा को को प्रशिक्षक हेर्नुहोस् सूची

प्रदेश नं १ : विष्णु पौडेल, प्रदिप ज्ञवाली, अग्नि खरेल, डा.शिवमाया तुम्बाहाङफे र देवेन्द्र दाहाल
मधेस प्रदेश जनकपुर : ईश्वर पोखरेल, प्रदिप ज्ञवाली, रघुवीर महासेठ, देवेन्द्र दाहाल र ईश्वरी रिजाल
बागमती प्रदेश : अष्टलक्ष्मी शाक्य, शंकर पोखरेल, प्रदिप ज्ञवाली, विष्णु रिमाल, काशीनाथ अधिकारी र देवेन्द्र दाहाल
गण्डकी प्रदेश : युवराज ज्ञवाली, प्रदिप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, विष्णु रिमाल र पद्मा आर्याल
लुम्बिनी प्रदेश : शंकर पोखरेल, प्रदिप ज्ञवाली, छविलाल विश्वकर्मा, देवेन्द्र दाहाल र रमेश वडाल
कर्णाली प्रदेश : रामबहादुर थापा, शंकर पोखरेल, प्रदिप ज्ञवाली, यामलाल कँडेल र देवेन्द्र दाहाल
सुदुरपश्चिम प्रदेश : सुरेन्द्र पाण्डे, शंकर पोखरेल, प्रदिप ज्ञवाली, लेखराज भट्ट र देवेन्द्र दाहाल

प्रशिक्षणको समय तालिका र स्थान

प्रदेश १– फागुन १ र २ विराटनगर
मधेस प्रदेश– फागुन ३ र ४ जनकपुर
वागमती प्रदेश– फागुन ६ र ७ काठमाडौं
गण्डकी प्रदेश– फागुन ८ र ९ पोखरा
लुम्बिनी प्रदेश– फागुन ११ र १२ बुटवल्दाङ
कर्णाली प्रदेश– फागुन १४ र १५ सुर्खेत
सुदूरपश्चिम प्रदेश– फागुन १६ र १७ धनगढी