अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनयुद्ध दिवसमा एमाले उपाध्यक्षको शुभकामना, सहिदहरुको स्मरण

जनयुद्ध दिवसमा एमाले उपाध्यक्षको शुभकामना, सहिदहरुको स्मरण


काठमाडौं- नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले जनयुद्ध दिवसको शुभकामना व्यक्त गर्नुभएको छ ।

२७औँ जनयुद्ध दिवसको उपलक्ष्यमा शुभकामना सन्देश दिँदै उपाध्यक्ष थापाले जनयुद्ध, जनआन्दोलन लगायतका आन्दोलनको क्रममा देश र जनताको मुक्तिको लागि आफ्नो प्राणको आहुति दिनुहुने महान सहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

उपाध्यक्ष थापाले बेपत्ता तथा घाइते योद्धाहरूको योगदानको स्मरण गर्दै उहाँहरुप्रति उच्च सम्मान ब्यक्त गर्नुभएको छ । साथै सहिद, बेपत्ता तथा घाइतेका परिवारको योगदानको पनि थापाले उच्च कदर गर्नुभएको छ ।