अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले ‘गैरसांसद’ करार गरेका १४ सांसद चिनौं (सूचीसहित)

एमालेले ‘गैरसांसद’ करार गरेका १४ सांसद चिनौं (सूचीसहित)


काठमाडौं– पार्टी ह्वीप र निर्देशन अवज्ञा गरेको भन्दै नेकपा एमालेले १४ सांसदलाई कारबाही गर्न सभामुखलाई पत्र काट्यो ।

विगतमा त्यस्तै प्रकारको पत्रलाई सोही दिन कार्यान्वयन गर्नुभएका सभामुख अग्निप्रसाद सापकोटाले एमालेको पत्र आफ्नै टेबलको घर्रामा लुकाउनुभयो । एमाले विभाजनका लागि निर्वाचन आयोगमा पत्र पठाउँदा तिनै १४ सांसदको हस्ताक्षर प्रयोग भयो, र एमाले विभाजन भयो ।

विभाजनपछि एमालेले १४ सांसदलाई कारबाही गर्ने पत्र कार्यान्वयन गर्न निरन्तर संसद अबरोध गर्दै आएको छ । आजसम्म पनि संसद चलेको छैन ।

एमालेले १४ सांसदलाई सांसद मानेको छैन । गैरसांसदलाई सँगै राखेर संसद चल्न नसक्ने एमाले अडान यथवात् छ ।

को–को छन् ती सांसद, जसलाई एमालेले गैरसांसद मानेको छ ।

तत्कालिन वरिष्ठ नेता माधवकुमार नेपाल, स्थायी कमिटी सदस्य मुकुन्द न्यैपानेसहित सांसदहरु विरोध खतिवडा, कृष्णलाल श्रेष्ठ, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, निरादेवी जैरु, कल्याणी खड्का, भवानी खापुङ, सरलाकुमारी यादव, पुष्पादेवी कर्ण, लक्ष्मी चौधरी, कलिला खातुनलाई एमालेले गैरसांसद भन्दै आएको छ ।

एमालेले साधारण सदस्य र सांसद सदस्यबाट निष्कासन गरेका १४ जनालाई पदमुक्त नगरी सभामुखले गैरकानूनी काम गरेको तथा तीनै व्यक्तिको सनाखतबाट नयाँ दल दर्ता भएको भन्दै अदालतमा मुद्दा विचाराधिन छ । यही प्रकरणले प्रधानन्यायाधीशलाई महाअभियोग लागेको छ ।

अदालतले एमाले अध्यक्ष केपी शर्मा ओलीको मागअनुसार अन्तरिम आदेश दियो भने नेकपा एसका सांसदहरू माधव नेपाल, मुकुन्द न्यौपाने, भवानी खापुङ, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, विरोध खतिवडा, मेटमणी चौधरी, निरा जैरु, सरला यादव, पुष्पा कर्ण कायस्थ, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी र कलिला खातुनको सांसद पद रहने छैन ।