अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले बोलायो संसदीय दलको बैठक

एमालेले बोलायो संसदीय दलको बैठक


काठमाडौं – प्रमुख विपक्षी दल नेकपा (एमाले) ले संसदीय दलको बैठक बोलाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग दर्ता भएपछि एमालेले संसदीय दलको बैठक बोलाएको हो ।

एमालेले काठमाडौं उपत्यका बाहिर रहेका सबै सांसदहरूलाई काठमाडौं बोलाएको छ ।

प्रमुख सचेतक विशाल भट्टराईका अनुसार, भोलि (सोमबार) बिहान ११ बजे संसद् भवन बानेश्वरको ल्होत्से हलमा बैठक बस्नेछ ।

सत्तारुढ दलहरूले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता गराएको बारे निर्णय लिन संसदीय दलको बैठक एमालेले बोलाएको हो ।