अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महाअभियोगपछि एमाले मुभः सचिवालय र संसदीय दलको बैठक बोलाइयो

महाअभियोगपछि एमाले मुभः सचिवालय र संसदीय दलको बैठक बोलाइयो


काठमाडौं–  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग दर्ता भएपछि एमालेले रणनीतिक छलफल सुरु गरेको छ ।

प्रमुख विपक्षी दल नेकपा (एमाले)ले केन्द्रीय सचिवालय र संसदीय दलको बैठक बोलाएको छ ।

आज साँझ ६ बजे गठ्ठाघरस्थित जर्मन पार्टी प्यालेसमा केन्द्रीय सचिवालय बैठक बोलाइएको छ ।

यसैगरी भोलि सोमबार बिहान ११ बजे संसद् भवन बानेश्वरको ल्होत्से हलमा संसदीय दलको बैठक बोलाइएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।