अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महाअभियोग स्थानीय तहको चुनाव रोक्ने षड्यन्त्र हो : उपमहासचिव रिमाल

महाअभियोग स्थानीय तहको चुनाव रोक्ने षड्यन्त्र हो : उपमहासचिव रिमाल

'महाअभियोगको सिलसिला बिजारोपण गर्नु अनुचित,अनुत्तरदायी र हानिकारक कदम हो'


काठमाडौं – नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि महाअभियोग प्रस्ताव दर्ता गरेर सत्ता गठबन्धन सरकारले महाअभियोग सिलसिलाको विजारोपण गर्दै सर्वोच्च अदालतलाई हुँडल्ने, हानिकार, अनुचित र अनुत्तरदायी काम गरेको बताउनु भएको छ ।

‘अहिलेको अवस्थामा सर्वोच्च अदालतलाई फेरि विवादमा ल्याउने र हुँडल्ने काम गरिएको छ’, ‘सत्ता पक्षले महाअभियोगको सिलशिलाको विजारोपण गरेर अत्यन्त हानिकार, अनुचित, र अनुत्तरदायी काम गरेको छ’ रिमालले भन्नुभयो । उहाँले आज दिउँसो ट्वीट गर्दै भन्नुभएको छ, ‘यो कार्य वैशाख ३० मा निर्धारित स्थानीय तहको चुनाव रोक्ने षड्यन्त्रको एउटा अंग हुन सक्छ ।’

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग प्रस्तावमा ९८ सांसदले प्रस्ताव दर्ता गरेका थिए । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, नेपाली कांग्रेसकी सचेतक पुष्पा भूसाल र नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठले प्रस्तावको रुपमा हस्ताक्षर गर्नु भएको थियो ।